neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआईबिएल एस क्यापिटल र गरिमा बिकास बैंकबिच सम्झौता

एनआईबिएल एस क्यापिटल र गरिमा बिकास बैंकबिच सम्झौता

Apr 28th, 2021

काठमाडौ, बैशाख १५

एनआईबिएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको ८.७५ प्रतिसत गरिमा ऋणपत्रको निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरेको छ । बंैकले एक हजार अंकित दरको दश लाख कित्ताले हुने एक अर्ब मात्र रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ ।

बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो र बैकले २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले २०६४ कात्तिक १८ मा स्याङजाबाट वित्तीय कारोबारहरु सुरु गर्याे । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द«ीय कार्यालय महेन्द«पुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा एक सय छ वटा शाखा कार्यालयहरु संचालित छन् ।

उक्त सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज बुधबार हस्ताक्षर गरेका हुुन ।