neapl investment mega bank
  • गृहपृष्ठ
  • रा.वा.बैंकको आरबीबी मोवाईल बैंकिङ महामेलाका विजयीहरु घोषणा

रा.वा.बैंकको आरबीबी मोवाईल बैंकिङ महामेलाका विजयीहरु घोषणा

Apr 28th, 2021

काठमाडौ, बैशाख १५

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोवाईल बैंकिङको प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे आरबीबी मोवाईल बैंकिङमहामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको छ ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर (चार रात पाँच दिन) मेगा पुरस्कार प्याकेज पाउनु भएको छ । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एमजिरो वान कोर ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गर्नु हुने भएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबीबी मोवाईल बैंकिङ महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।