neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोवल आईएमई बैंकले मार्यो व्यवसायीक छलाङ , खुद मुनाफा तीन अर्ब ५८ करोड, वितरणयोग्य मुनाफा दुुई अर्ब ५६ करोड नाघ्यो

ग्लोवल आईएमई बैंकले मार्यो व्यवसायीक छलाङ , खुद मुनाफा तीन अर्ब ५८ करोड, वितरणयोग्य मुनाफा दुुई अर्ब ५६ करोड नाघ्यो

Apr 28th, 2021

काठमाडौ, बैशाख १५

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा तीन अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात ३२ दसमलव ४० प्रतिशत बढी हो । सोही आधारमा पनि बैंकले व्यवसायीक छलाङ मारेको देखिएको हो ।

खुद मुनाफा बढेसँगै बैंकको प्रति शेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ पाँच पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा दुुई अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो व्यवसायमा गरेको बृद्धि, सञ्चालन खर्चहरुमा अपनाएको मितव्ययिता, डिजिटाइजेशनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकता जस्ता नीतिहरुको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।

विगत नौ महिनामा बैंकको निक्षेप दुुई खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर दुुई खर्ब ५८ अर्ब ३३ करोड रुपैया ँपुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी एक खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर दुई खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको आषाढ मसान्तमा एक दसमलव ७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्म क्रमिकरुपमा सुधार भइ एक दसमलव ६१ प्रतिशत रहेको छ । बैंकको आधार दर नौ दसमलव ४१ प्रतिशतबाट छ दसमलव ४० प्रतिशतमा र स्प्रेड दर पाँच दसलमलव १८ प्रतिशतबाट चार दसमलव १७ प्रतिशतमा झरेको छ । बैंकको आधार दरमा आएको उल्लेख्य गिरावटबाट बैंकका ग्राहकहरु समेत प्रत्यक्षरुपमा लाभान्वित भएकाछन् । साथै बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको पुर्नकर्जाले आफ्ना ग्राहकहरुको व्यापार व्यवसायमा थप सघाउ पु¥याउन सकेकोले बैंकको व्यवसायिक कदमहरु ग्राहकहरुको हितका लागि छ भन्नेमा बैंक विश्वस्त छ ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले सात वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको दुुई सय ७३ शाखा, दुुर्ई सय ४७ एटीएम, दुुई सय ५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।