neapl investment mega bank
  • गृहपृष्ठ
  • दोस्रो दिन मै बिक्री भयो, एनआईबिएल समृद्धि फण्ड दोस्रोको ८७ प्रतिशत भन्दा बढी इकाई

दोस्रो दिन मै बिक्री भयो, एनआईबिएल समृद्धि फण्ड दोस्रोको ८७ प्रतिशत भन्दा बढी इकाई

Apr 28th, 2021

काठमाडौ, बैशाख १५

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड दोस्रोको दोस्रो दिनमा नै ८७ प्रतिशत भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब दुुई करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम एक सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने समय यही बैशाख १६ गतेसम्म रहेको क्यापिटलले जानकारी दिएको छ ।