neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सीसँग बराबरीमा रोकियो रियल मड्रिड

चेल्सीसँग बराबरीमा रोकियो रियल मड्रिड

Apr 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १५ वैशाख

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन्। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड चेल्सीसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलमा रियल मड्रिडको लागि करीम बेंजामाले एक गोल गरे भने चेल्सीको लागि क्रिश्चियन पुलिसिकले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो । खेलको १४ औं मिनेटमा चेल्सीका क्रिश्चियन पुलिसिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर,खेलको २९ औँ मिनेटमा रियल मड्रिडका करीम बेंजामाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

अब दोस्रो लेग मे ६ मा चेल्सीको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi