neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रजिअलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

प्रजिअलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

Apr 27th, 2021

चौतारा, १४ वैशाख /रासस

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड–१९ सङ्क्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।

सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा एक कर्मचारीसहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ८८० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेका छन् । तीमध्ये १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi