neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ

बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ

Apr 27th, 2021

काठमाडौ, बैशाख १४

बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेकाछन । केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ्ग कसूर (चेक बाउन्स) मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका कैलाश प्रसाद श्रेष्ठ र नारायण आर्चायलाई पक्राउ गरेको हो ।

सिआईबीका अनुसार उल्लेखित दुई जना प्रतिवादीहरुलाई बिभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । निज प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी प्रभु बैंक र ग्लोबल आई.एम.ई बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट बिभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला भएको सिआईबीले जनाएको छ ।

सिआईबीका अनुसार पक्राउ परेका मध्ये पूर्ण बहादुर तामाङ्गको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कैलाश प्रसाद श्रेष्ठ भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७७/११/१७ गतेको फैसलाले काठमाडौं जिल्ला, साविक पुखुलाक्षी गा.वि.स. वडा नं.९ हाल परिवर्तित शंखरापुर न.पा. वडा नं. ६, साँखु ईपाटोल घर भई काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं.१०, बानेश्वर बस्ने बर्ष ५० को कैलाश प्रसाद श्रेष्ठलाई ७ (सात) दिन कैद र रू.३०,००,०००।– (तीस लाख) जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजू रही फरार रहेकोले निज प्रतिवादीलाई मिति २०७८/०१/१३ गते सिनामंगल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोहि मितिमा सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

यसैगरी पासाङ लामा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नारायण आचार्य भएको बैंकिङ् कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७७/१२/०३ गतेको फैसलाले बाग्लुङ जिल्ला, अमलाचौर गा.वि.स. वडा नं. ६ परिवर्तित बाग्लुङ न.पा. वडा नं. १२ घर भई काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा. वडा नं.१०, गुर्जुधारा बस्ने वर्ष ३३ को नारायण आचार्यलाई १४ (चौध) दिन कैद र रू.२७,५०,०००।– (सत्ताइस लाख पचास हजार) जरिवाना हुने ठहर भएको र उक्त सजाय वेरुजू रही फरार रहेकोले निज प्रतिवादीलाई मिति २०७८/०१/१४ गते गुर्जुधारा, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi