neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौँ उपत्यकाका प्रजिअ छलफलमैः साँझसम्म निर्णय हुने

काठमाडौँ उपत्यकाका प्रजिअ छलफलमैः साँझसम्म निर्णय हुने

Apr 26th, 2021

काठमाडौँ, १३ वैशाख /रासस

कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् । तीनै जिल्लाका प्रजिअ सम्मिलित बैठकमा कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न तत्काल के गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले राससलाई जानकारी दिनुुभयो । “अहिले हामी छलफलमै छौँ, बुँदागत रुपमा छलफल भइरहको छ”, उहाँले भन्नुुभयो, “केही समयपछि आधारिकारिक निर्णय सार्वजनिक गर्छौं ।”

सङ्क्रमण बढ्दै गएपछि तत्काल आवश्यक कदम चाल्न जनस्वास्थ्यविद्ले सरकारकालाई दबाब दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले आइतबार शहरी क्षेत्रमा ५०० र पहाडी क्षेत्रमा २०० सक्रिय सङ्क्रमित पुुग्नेबित्तिकै निषेधाज्ञा जारी गर्ने अख्तियारी स्थानीय प्रशासनलाई दिन मन्त्रिपरिषद्समक्ष सिफारिश गरेको छ । आजै अपराह्न ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi