काठमाडौ, बैशाख १३
नेपाल वायुसेवा निगम र नेपाल बैंक लि.को सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बिच निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्तरुपमा सो कार्यको शुरुवात गरेका हुुन ।
निगमका महाप्रवन्धक पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने कुरा बताए । उनले नेपालको पहिलो बैंक सँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाँऊ गाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने कुरा बताए ।
सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्दे भविष्यमा उल्लेखनीय एंव स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निगमसँग पुन सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको छ भन्दै भविष्यमा अन्य विषयमा पनि मिलेर काम गर्ने धारणा व्यक्त गरे ।