neapl investment mega bank

बजाजको नयाँ शोरुम अब बल्खुमा

Apr 26th, 2021

काठमाडौ, बैशाख १३

नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आर. एस .अटो हब प्रा.लि को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन आर.एस .अटोहब प्रा.लि. बल्खुका प्रोपराइटर राजेश देशारलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने,, हामी बल्खुमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । बल्खुमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।