neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पूर्वसांसद पौडेललाई मष्तिष्काघात

Apr 26th, 2021

काठमाडौँ, १३ वैशाख /रासस

राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना हुनुभएको छ । अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिनुभयो । पक्षाघातसमेत भई उहाँको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उहाँका भतिजा परमेश्वरले राससलाई जानकारी दिनुभयो ।

सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्नुभएको थियो । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उहाँले विरोध गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi