neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन

Apr 26th, 2021

सर्लाही, १३ वैशाख /रासस

विश्वव्यापी महामारीको रुपमा फैलिएकोे ९कोरोना भाइरस० रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ ।

नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम तीन हजार ५२४ जनालाई कारवाही गरी हालसम्म उक्त रकम राजश्व सङ्कलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसार्इँले जानकारी दिनुभयो ।

कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार÷माइकिङ÷जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशःतीन घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई सम्झाएर छाडिएको जनाइएको छ । त्यसैगरी १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ्ग गरी मास्क वितरण गरी छाडिएको र हालसम्म तीन हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐन बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति रू १०० का दरले जरिवाना गरी राजश्व सङ्कलन गरिएको प्रहरी उपरीक्षक प्रसाईँले बताउनुभयो ।