neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिटीलाई आठौं पटक काराबाओ कपको उपाधि

Apr 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १३ वैशाख

म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा टोटेनहमलाई १-० ले पराजित गर्दै सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले गरेको गोल नै निर्णायक बन्न पुग्यो । लापोर्टेले खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा सो गोल गरेका हुन् ।यससँगै सिटीले लगातार चौथो पटक काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।

जितसंगै सिटीले आठौं पटक काराबाओ कपको उपाधि जितेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi