neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको इन्टर मिलानलाई १३ अंकको अग्रता

शीर्ष स्थानको इन्टर मिलानलाई १३ अंकको अग्रता

Apr 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १२ वैशाख
इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा इन्टर मिलानले भेरोनालाई १-० गोलले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन मट्टेओ डर्मियनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । मट्टेओ डर्मियनले खेलको ७६ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै मिलानले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।पराजित भेरोनाको ३३ खेलबाट ४१ अंक छ र दशौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi