neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनाको जितमा ग्रिजमानले गरे दुई गोल

बार्सिलोनाको जितमा ग्रिजमानले गरे दुई गोल

Apr 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १२ वैशाख

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एन्टोइन ग्रिजमानले दुई गोल गरे ।भिल्ला रियलका शमूएल चुक्वुएजेले एक गोल गरे।

खेलमा पहिलो अग्रता भिल्ला रियलले लिएको थियो । खेलको २६ औँ मिनेटमा भिल्ला रियलका शमूएल चुक्वुएजेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।तर, २८ औँ मिनेटमा बार्सिलोनाका एन्टोइन ग्रिजमानले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ३५ औँ मिनेटमा एन्टोइन ग्रिजमानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

दोस्रो हाफको ६५ मिनेटमा भिल्ला रियल १० खेलाडीमा सीमित भएको थियो । भिल्ला रियलका मनु तृगुएरोसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितसंगै बार्सिलोनाले ३२ खेलबाट ७१ अंक जोडेको छ र तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३२ खेलबाट ७३ अंक छ । दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक छ । पराजित भिल्ला रियलको ३३ खेलबाट ४९ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi