neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फियोरेंटीनासँग बराबरीमा रोकियो युभेन्ट्स

फियोरेंटीनासँग बराबरीमा रोकियो युभेन्ट्स

Apr 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १२ वैशाख

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्स फियोरेंटीनासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सलाई फियोरेंटीनाले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा युभेन्ट्सको लागि एल्वारो मोराटाले एक गोल गरे भने फियोरेंटीनाको लागि दुआन व्लाहोविले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता फियोरेंटीनाले लिएको थियो । खेलको २९ औं मिनेटमा फियोरेंटीनाका दुआन व्लाहोविलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर,खेलको ४६ औँ मिनेटमा युभेन्ट्सका एल्वारो मोराटाले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सले ३३ खेलबाट ६६ अंक छ र तेस्रो स्थानमा छ ।फियोरेंटीनाको ३३ खेलबाट ३४ अंक छ र १४ औँ स्थानमा छ । शीर्ष स्थानको इनटर मिलानको ३३ खेलबाट ७९ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi