neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

Apr 25th, 2021

काठमाडौं, बैशाख १२

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको हो ।

आयुषले काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाईदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।
उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi