neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीद्वारा मोबाइल र क्यामरा खोसियो

उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीद्वारा मोबाइल र क्यामरा खोसियो

Apr 25th, 2021

काठमाडौ, बैशाख १२

नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीले बल प्रयोग गरेको छ । क्यमरा र मोबाइल समेत खोसेको छ । डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका देशका सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको छ ।

डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो । उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ । उच्च अदालतअले सरकारलाई पत्रकारलाई समाचार लेखेकाइ भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi