neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका ईमाडोलबाट नक्कली नोट सहित पक्राउ

महालक्ष्मी नगरपालिका ईमाडोलबाट नक्कली नोट सहित पक्राउ

Apr 25th, 2021

ललितपुर, १२ वैशाख

महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित काठमाडौं माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका-७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोट सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट मुद्रा सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi