neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अप्टिमिष्ट ईन्टरनेशनल नेपालको डिजिटल प्रविधिबाट विशेष साधारण सभा सम्पन्न

अप्टिमिष्ट ईन्टरनेशनल नेपालको डिजिटल प्रविधिबाट विशेष साधारण सभा सम्पन्न

Apr 25th, 2021

काठमाडौ, बैशाख १२

सकरात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्य सहित बालबालिका तथा युवा केन्द्रित विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालको विशेष साधारण सभा २०७८ साल बैशाख १० र ११ गते सफलताका साथ सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन उक्त सभामा उपस्थित जेष्ठ अप्टिमिष्ट सदस्य अप्टिमिष्ट क्लब अफ कञ्चनपुरका अध्यक्ष विश्व प्रताप बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा अप्टिमिष्ट ईन्टरनेशनलका अध्यक्ष मार्क वयनसोफले विशेष साधारण सभाको सफलताको शुभकामना सहित प्रेरणादायी मन्तव्य डिजिटल प्रविधिबाट जोडिएर नै व्यक्त गर्नुभएको थियो ।

अहिले कोभिड १९ को संक्रमित संख्या तीव्र रुपमा बढ्दै गईरहेको विषम परिस्थिति अनि नेपाल सरकारद्धारा २५ जनाभन्दा बढी व्यक्तिहरु सहभागी भएर सभा समारोह गर्न नपाइने भनिएको अवस्थामा मापदण्ड अनुसार सिमित व्यक्ति शारीरिक रुपमा र अन्य सहभागीहरु डिजिटल रुपमा आवद्ध गराई विशेष साधारण सभा आयोजना गरेको समारोहका निर्देशक एवं अप्टिमिष्ट क्लब अफ बाग्मतीका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिनुभयो । सन् १९१९ जुन १९ तारिखमा अमेरिकाबाट विधिवत् सञ्चालनमा आएको र हाल विश्वको ३० वटा देशमा शाखा विस्तार भइसकेको यस अप्टिमिष्ट इन्टरनेशनल नेपालमा सन् २०१७ मे ३१ देखि सञ्चालनमा आएको हो । कार्यक्रममा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका राष्ट्रिय अध्यक्ष उदय निरौलाले अप्टिमिष्ट ईन्टरनेशनल नेपालको गतिविधि, यस क्लबमा आवद्द हुने कसरी र आवद्द भएर के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो ।

विशेष साधारण सभाको बन्द शत्रबाट अप्टिमिष्ट ईन्टरनेशनल नेपाल विधिवत् डिस्ट्रिक्टमा गएको घोषणाका साथै डिस्ट्रिक्ट गर्भनरमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका अध्यक्ष उदय कुमार निरौलालाई सर्वसम्मत निर्वाचित गरिएको थियो । त्यस्तै डेपुटी गर्भनरमा अप्टिमिष्ट क्लब अफ नवलपरासीका अध्यक्ष श्याम कुमार बस्याल, डिस्ट्रिक्ट सचिवमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका सञ्चालक पृथ्वी राज थापा, डिस्ट्रिक्ट कोषाध्यक्षमा अप्टिमिष्ट क्लब अफ बाग्मतीका अध्यक्ष प्रकाश घिमिरे, लेफ्टेनन्ट गर्भनरहरुमा अप्टिमिष्ट क्लब अफ कास्कीका अध्यक्ष केशव काफ्ले, अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अध्यक्ष रीना श्रेष्ठ, अप्टिमिष्ट क्लब अफ हेटौडाका अध्यक्ष शरद चन्द्र भट्टराई, अप्टिमिष्ट क्लब अफ ईलामका अध्यक्ष निरज ढुंगेल निर्वाचित भएका थिए ।

डिस्ट्रिक्ट सर्जेन्ट–एट–आर्म्समा अप्टिमिष्ट क्लब अफ कञ्चनपुरका अध्यक्ष विश्व प्रताप बस्नेत, डिस्ट्रिक्ट पर्लियामेण्टरिअनमा अप्टिमिष्ट क्लब अफ दाङका अध्यक्ष तिर्थ राज पौडेल, कानूनी सल्लाहकारमा अप्टिमिष्ट क्लब अफ पर्वतका अध्यक्ष सुनिता देवी गौडेल र कोअर्डिनेटरमा क्रमशः अप्टिमिष्ट क्लब अफ विराटनगरका भविष्य कुमार मिश्र, अप्टिमिष्ट क्लब अफ पाटनका सुरेन्द्र थापा, अप्टिमिष्ट अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अञ्जना आचार्य, काठमाण्डौ भ्याली अप्टिमिष्ट क्लबका अध्यक्ष रविन्द्र थापा, अप्टिमिष्ट क्लब अफ सुर्खेतका अध्यक्ष अनिल बहादुर शाही, अप्टिमिष्ट क्लब अफ चितवनका अध्यक्ष रिशिश्वर थपलिया निर्वाचित भएका थिए ।

उक्त सभामा नव गठित अप्टिमिष्ट क्लब अफ चितवन र अप्टिमिष्ट क्लब अफ हरिवनका पदाधिकारीहरुलाई अप्टिमिष्ट ईन्टरनेशनलका रणनितिक विकास निर्देशक जीम बोयडले सपथ लिन लगाउनुका साथै आफ्ना सान्दर्भिक भनाईहरु डिजिटल मार्पmत नै जोडिएर राख्नुभएको थियो । त्यस्तै निर्वाचन कमिटीका संयोजक पृथ्वी राज थापाले डिस्ट्रिक्ट गर्भनरलाई र डिस्ट्रिक्ट गर्भनरले अन्य निर्वाचित पदाधिकारीहरुलाई सपथ लिन लगाउनुका साथै खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा अप्टिमिष्ट ईन्टरनेशनल नेपालले प्रकाशन गरेको सोभिनियर विमोचन गरिएको थियो । साथै एक्सेन्टी फाउण्डेशनसँग अप्टिमिष्ट ईन्टरनेशनल नेपालको सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरीएको थियो । १२ वटा क्लबका प्रतिनिधिहरु शारीरिक र बाँकी अन्य क्लबका प्रतिनिधिहरु अनलाईन मार्फत जोडिएर कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो ।

पूर्व मेची देखि पश्चिम महाकालीसम्म करीब २५ वटा जिल्लामा क्लबहरु गठन भइसकेको छ । जुनियर क्लब स्थापनाका साथै अमेरिकाको फ्लोरिडामा समेत क्लब गठनको तयारी भइरहेको जानकारी दिँदै अर्को साधारण सभा सम्म थप नयाँ क्लब गठन, सदस्यहरु संख्या बढाउने र बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै लैजाने, समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने अप्टिमिष्ट ईन्टरनेशनल नेपालका अध्यक्ष तथा हालै निर्वाचित डिस्ट्रिक्ट गर्भनर उदय निरौलाले जानकारी दिनुभयो । अप्टिमिष्ट क्लब अफ ईलामका अध्यक्ष निरज ढुंगेलले अन्तराष्ट्रिय अतिथिहरुलाई डिजिटल रुपमा जोडिन सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन यस विशेष साधारण सभाका होस्ट क्लब, क्लब अफ काठमाण्डौका अध्यक्ष रीना श्रेष्ठले गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi