neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको बायर्न म्युनिख पराजित

Apr 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत १२

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख मेन्जसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा मेन्जले बायर्न म्युनिखलाई २-१ गोलले पराजित गरेको हो ।

मेन्जलाई जित दिलाउन जोनाथन बुकर्ट र रोबिन क्वेसनले एक एक गोल गरे ।बायर्नको रोबर्ट लेवान्डोव्स्कीले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा जोनाथन बुकर्टले गोल गर्दै मेन्जलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा रोबिन क्वेसनले गोल गर्दै मेन्जको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको इन्जुरी समयमा बायर्नका रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र मेन्जले जित निकालेको हो ।

हारपछि पनि बायर्न शीर्ष स्थानमा छ।बायर्नको ३१ खेलबाट ७१ अंक छ । मेन्जको ३० खेलबाट ३४ अंक छ र १२ औं स्थानमा छ ।दोस्रो स्थानको आरबी लेपजिगको ३० खेलबाट ६१ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi