neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजी शीर्ष स्थानमा,एमबाप्पे गरे दुई गोल

पीएसजी शीर्ष स्थानमा,एमबाप्पे गरे दुई गोल

Apr 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत १२


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ३-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल र मउरो आईकारडीले एक गोल गरे । मेट्जका फेबिएन सेन्टोन्जेले एक गोल गरे ।

खेलको चौथो मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४६ औं मिनेटमा मेट्जका फेबिएन सेन्टोन्जेले गोल गर्दै खेल बराबरीमा फर्काए। ५९ औं मिनेटमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ८९ औं मिनेटमा मउरो आईकारडीले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै पीएसजीले ३४ खेलबाट ७२ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । पराजित मेट्जको ३४ खेलबाट ४३ अंक सहित दशौँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi