neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

न्युकाससँग बराबरीमा रोकियो लिभरपुल

Apr 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १२ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल न्युकासलसँग बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले न्युकाससँग १ –१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा लिभरपुलको लागि मोहमद सलाहले एक गोल गरे भने न्युकासलको लागि जो विलोकले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको तेस्रो मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १-० ले अघि बढाएका थिए।

तर, दोस्रो हाफको इन्जुरी समयमा न्युकासलका जो विलोकले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलले ३३ खेलबाट ५४ अंक जोडेको छ र छैटौं स्थानमा छ । न्युकासलको ३६ अंक छ र तालिकाको १५ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi