neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी खोला क्षेत्र सरसफाई अभियानको ११२ औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा मेरो राष्ट्रलाई

गोदावरी खोला क्षेत्र सरसफाई अभियानको ११२ औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा मेरो राष्ट्रलाई

Apr 24th, 2021

आधारभूमि संवाददाता

बैशाख ११, ललितपुर

मेरो हप्ताको २ घण्टा मेरो राष्ट्रलाई भन्ने मुल नाराका सात गोदावरी खोला क्षेत्र सरसफाई अभियानले ११२ औं हप्ता पुरा गरेको छ ।

गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारी, आधारभुमि डट कमका अध्यक्ष बलराम वाग्ले, बागमती सरसफाई अभियन्ता जयराज पौडेल , बागमती सरसफाई अभियन्ता तथा गोदावरी क्षेत्र सरसफाई अभियानका अविभावक चित्र बहादुर सुनुवार, सामाजिक अभियन्ता पुस्कल गजुरेल, नेपाल फुलवारी सरसफाई अभियानका केदार घिमिरे, तथा सरसफाई अभियन्ताहरु गोपी कार्की, सुरज श्रेष्ठ, सुबोध थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला युवा साना विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुनुका साथै सरसफाई अभियन्ताहरुले बोल्दै गोदावरी खोलाको मुहान देखि सफा गर्दै जाने र खोलाको दायाँ बायाँ लगायतका स्थानीय बासिन्दाहरुले फोहोर खोलामा फ्याक्ने गरेको पाइएको खोला दुर्गन्धित भैरहेकोले खोलामा स्थानीय बासीहरुमा फोहोर खोलामा फ्याक्न हुन्न भन्ने चेतना विकास नहुदा सम्म खोला सफा नहुन,े खोलामा कसैले फोहोर फ्याकेको देखेमा जरीवाना तथा कडा कारवाही समेत हुने जानकारी गराए ।

आज ५ टन फोहोर सफाईको व्यवस्थापनको जिम्मा सिर्जन सीप सेवा प्रा. लि.ले लिएको थियो । साथै आमागी बैशाख १८ गते टिकाथली सुर्यविनायक जोड्ने रातो पुलमा विहान ७ः३० बजे सम्पुर्ण सर सफाई अभियन्ताहरु लाई उपस्थित हुन संस्थाकी संयोजक राजभण्डारी आनुरोध गरेकी छिन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi