काठमाडौ, बैशाख १०
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि दमौली, तनहुँमा आफ्नो १०३ औं शाखाको आज शुुक्रबार समुद्धघाटन गरेको छ ।
बैकुण्ठ न्यौपाने, मेयर, ब्यास नगरपालिका र राजु गौली, गण्डकी प्रदेश प्रमुख, एभरेष्ट बैंकले संयुक्तरुपमा दमौली, तनहु शाखाको उद्घाटन गरेकाछन् । उक्त उद्घाटन समारोहमा पविन्द्र कुमार श्रेष्ठ, अध्यक्ष–उद्योग वाणिज्य संघ, तनहुँ, काशीराम श्रेष्ठ, अध्यक्ष वडा–०२ ब्यास नगरपालिका, पुष्पराज उप्रेती, बजार बिभाग प्रमुख एभरेष्ट बैंक साथै अन्य स्थानीय विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । यसै उद्घाटन समारोहमा बैंकले कन्टया्क्टलेस पेमेन्टलाई प्रर्वधन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यु आर कोड पनि हस्तान्तरण गरेको छ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेकाछन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय , १३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट, एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।