neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको पुनः शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको पुनः शीर्ष स्थानमा

Apr 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १० वैशाख

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पुनः शीर्ष स्थानमा उक्लिएको छ ।बिहीबार राति भएको खेलमा एट्लेटिकोले ह्युस्कालाई २-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरिया र एयानिक कारास्कोले एक-एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८० औं मिनेटमा एयानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले ३२ खेलबाट ७३ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको रियाल मड्रिडको ३२ खेलबाट ७० अंक छ।पराजित ह्युस्काको २७ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi