neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनाको जितमा मेस्सीले गरे दुई गोल

बार्सिलोनाको जितमा मेस्सीले गरे दुई गोल

Apr 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १० वैशाख

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल, रोनाल्ड अराजो र एन्टोइन ग्रिजमानले एक-एक गोल गरे ।बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।गेटाफेका एनेस एनालले एक गोल फर्काए ।गेटाफेले पनि एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।१२ औँ मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेन्गलेटले आत्मघाती गोल गरे पछि खेल बराबरीमा फर्किएको थियो ।

खेलको २८ औँ मिनेटमा गेटाफेका सोफियन चकलाले आत्मघाती गोल गरे पछि बार्सिलोना २-१ ले अघि बढ्यो।३३ औँ मिनेटमा लियोनल मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए ।

दोस्रो हाफको ६९ औं मिनेटमा गेटाफेका एनेस एनालले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।खेलको ८७ औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराजोले गोल गर्दै टोलीलाई ४-२ ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयमा एन्टोइन ग्रिजमानले गोल गर्दै टोलीलाई ५-२ को सानदार जित दिलाए ।

जितसंगै बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३२ खेलबाट ७३ अंक छ । पराजित गेटाफेको ३२ खेलबाट ३१ अंक छ र १५औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi