neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इटालियन सिरी ए: युभेन्ट्सको सहज जित

Apr 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ९ वैशाख

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले पर्मालाई ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन एलेक्स स्यान्ड्रोले दुई गोल र म्याथिस डी लिग्टले एक गोल गरे ।पर्माका ग्यास्टन ब्रुम्यानले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता पर्माले लिएको थियो । खेलको २५ औँ मिनेटमा पर्माका ग्यास्टन ब्रुम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।तर, ४३ औँ मिनेटमा युभेन्ट्सका एलेक्स स्यान्ड्रोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४७ औँ मिनेटमा स्यान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ६८ औं मिनेटमा युभेन्ट्सका म्याथिस डी लिग्टले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्सले ३२ खेलबाट ६५ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित पर्माको ३२ खेलबाट २० अंक छ र १९ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi