neapl investment mega bank
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयू टोलीको स्वागत

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयू टोलीको स्वागत

Apr 21st, 2021

काठमाडौं, बैशाख ८

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा)मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई बैशाख ८ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्वार उपत्यका सिनामंगलमा एक समारोह बीच हार्दिक स्वागत गरेकाछन ।

त्यसअवसरमा उहाँले कोरोना महामारीको समयमा समेत विदेशमा रहेर शान्ति स्थापना गर्ने आफ्नो विशेष जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश र्फिर्कएकोमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै यू.एन. मिसनमा कार्यरत रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग सहकार्य गरी आर्जन गरेको ज्ञान, कला र सिपलाई स्वदेशमा समेत उपयोग गर्न दिर्नेशन दिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले संगठनले दिएको चुनौतीलाई अवसरको रुपमा लिई संगठनले के दियो भन्दा पनि मैले संगठनलाई के दिन सक्छु भन्ने भावनाकासाथ अघि बढ्यो भने जुनसुकै समय र परिस्थितीमा समेत सफलता मिल्ने उल्लेख गरे । उनले संगठनमा आवद्ध रही संयुक्त राष्ट्रसंघमा सेवा गर्नपाउनु एउटा विशेष अवसरको रुपमा रहेको बताउँदै आ–आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा सदैव कृयाशिल रहनुपर्ने बताए ।

सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैहे्रको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा एपीएफ अधिकृत, विल्लादार तथा जवानगरी कूल १ सय ६२ जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराई लगायत अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।