neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्राइटनसँग बराबरीमा रोकियो चेल्सी

Apr 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ८ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र ब्राइटन बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सी र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।दोस्रो हाफको इन्जुरी समयमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो ।ब्राइटनका बेन ह्वाइटले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै चेल्सीले ३२ खेलबाट ५५ अंक जोडेको छ र चौंथो स्थानमा छ। ब्राइटनको ३४ अंक छ र १६ औँ स्थानमा छ ।चेल्सीले शीर्ष तीनमा उक्लिने अवसर गुमाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi