neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णय

बैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णय

Apr 20th, 2021

बाँके, ७ वैशाख

बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तिव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।

उहाँले एक दिनमा ३०० भन्दा बढी संक्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको जानकारी दिए ।बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरि लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको ६३१ नमुना परीक्षणमा सोमवार एकदिनमा मात्रै ३२२ जना संक्रमित फेला परेका छन् । भेरी अस्पतालको ल्याबबाट २१९, बागेश्वरी ल्याबबाट ३७ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ६६ जना गरि ३२२ जनामा कोरोना पुष्टि भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi