neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट शान्ति स्थापनार्थ सुडानतर्फ खटिई जानलागेका टोलीको विदाई

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट शान्ति स्थापनार्थ सुडानतर्फ खटिई जानलागेका टोलीको विदाई

Apr 20th, 2021

काठमाडौं, बैशाख ७

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत छैटौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक विदाई गरेकाछन ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मिशन ईलाकामा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सद्भावना दुतको रुपमा रहेर फौजी संस्कार र सामुहिक भावनाकासाथ उच्च व्यावसायिकता प्रदर्शन गरी राष्ट्र, संगठन र नेपालीको नाम उच्च हुने गरी कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।

उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने बताउँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न बिश्वव्यापी रुपमा अपनाईएका मापडण्डको पालना गरी आफु सुरक्षित र सचेत भएर शान्ति सुरक्षा कायम राख्ने कार्यमा कृयाशिल रहन मिशन टोलीलाई निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विगतमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी चेन अफ कमाण्ड र अनुशासनमा रहेर गरेको विशिष्ट कार्यसम्पादनले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको शिर उच्च रहेको स्मरण गर्नुहुँदै मिशन ईलाकामा रहँदा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै यूएनबाट प्राप्त म्याण्डेटभित्र रहेर उत्कृष्ट कार्यसम्पादन गरी प्राप्त भएको अनुभव भोलीका दिनमा स्वदेशमा समेत प्रयोगमा ल्याउन सकिने उल्लेख गरे ।

उनले मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषाधर्म लिंग नभनी विश्व शान्तिस्थापनार्थ कार्यमा जुट्न त्यसैअवसरमा सो टोलीलाई निर्देशन दिए । कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठको कमाण्डमा बैशाख ६ गते साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको सो टोलीमा १६ जना सिनियर अधिकृत, ३७ जना जुनियर अधिकृत र १३७ जना एनसीओज गरी कूल १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु रहेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi