neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी बैंकको नयाँ वर्ष अफर सार्वजनिक

लक्ष्मी बैंकको नयाँ वर्ष अफर सार्वजनिक

Apr 20th, 2021

काठमाडौ, बैशाख ७

लक्ष्मी बैंकले नयाँ बर्ष अफर सार्वजनिक गरेको छ । बैकले चार दसमलव पाँच प्रतिसत व्याजदर भएको अरेन्ज सेभिङ प्लस खाता सञ्चालनमा ल्याएको हो ।

लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ प्लस बाट ग्राहकहरूले अब चार दसमलव पाँच वार्षिक ब्याज दरको साथैथप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । अरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले एक लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख सम्मको दुर्घटना मृत्यु, अक्षमता बिमा सुविधा पाउन सक्नेछन । यतिमात्र नभएर डेबिट कार्ड,क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टि.एम्.मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने बैंकले जानकारी दिएको छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड अरेन्ज कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ प्लस खाता भएका वर्तमान ग्राहकहरुको लागि पनि लागुु हुनेछ ।

यसैगरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता“ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा चार दसमलव पाँच प्रतिसतको उच्च ब्याज दर प्रदान गरिरहेको छ ।