neapl investment mega bank
  • गृहपृष्ठ
  • रु रु हाईड्रोको शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल

रु रु हाईड्रोको शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल

Apr 19th, 2021

काठमाडौ, बैशाख ६

रु रु हाईड्रोको शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको हो । यही बैशाख पाँच गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु भएको कम्पनीले जानकारी दिएको छ ।

सम्झौतामा रु रु जलविद्युत परियोजनाकातर्फबाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटलकातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुुन । उक्त कार्यक्रम एक समारोहकाबिच रु रु जलविद्युत परियोजनाको केन्द्रिय कार्यालय हत्तिसार काठमाण्डौंमा सम्पन्न भएको हो ।
रु रु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो । यो परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ । रु रु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको छ ।