neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजीको जितमा एमबाप्पेले गरे दुई गोल

Apr 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ६ वैशाख
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनेलाई ३-२ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई र माउरो इकार्डीलेल एक गोल गरे । सेन्ट इटिनेको डेनिस बोआंगा र रोमेन हाउमाले एक -एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता सेन्ट इटिनेले लिएको थियो । खेलको ७८ औँ मिनेटमा डेनिस बोआंगाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर, ७९ औं मिनेटमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर,इन्जुरी समयको दोस्रो मिनेटमा सेन्ट इटिनेको रोमेन हाउमाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा पीएसजीका माउरो इकार्डीले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै पीएसजीले ३३ खेलबाट ६९ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित सेन्ट इटिनेको ३३ खेलबाट ३९ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi