neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेडको सहज जित,ग्रीनवुडले गरे दुई गोल

म्यानचेस्टर युनाईटेडको सहज जित,ग्रीनवुडले गरे दुई गोल

Apr 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ६ वैशाख

म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मेसन ग्रीनवुडले दुई र एडिनसन कावानीले एक गोल गरे ।बर्नलीको जेम्स टार्कोव्स्कीले एक गोल फर्काए ।

खेलको ४८ औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको ५० औं मिनेटमा बर्नलीका जेम्स टार्कोव्स्कीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८४ औं मिनेटमा ग्रीनवुडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ ले अघि बढाए।

त्यसपछि इन्जुरी समयमा एडिनसन कावानीले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै म्यानचेस्टर युनाईटेडले ३२ खेलबाट ६६ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित बर्नलीको ३३ अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi