neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स एट्लान्टासँग पराजित

Apr 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ६ वैशाख

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले हार व्यवरेको छ । आइतबार राति भएको खेलमा एट्लान्टाले युभेन्ट्सलाई १-० गोलले पराजित गरेको हो ।

एट्लान्टालाई जित दिलाउन रुस्लान मालिनोवस्कीले विजयी गोल गरे । रुस्लान मालिनोवस्कीले खेलको ८७ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै एट्लान्टाले ३१ खेलबाट ६४ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित युभेन्ट्सको ३१ खेलबाट ६२ अंक छ र चौथो स्थानमा छ ।शीर्ष स्थानको इन्टर मिलानको ३१ खेलबाट ७५ अंक छ । दोस्रो स्थानको एसी मिलानको ३१ खेलबाट ६६ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi