neapl investment mega bank
  • गृहपृष्ठ
  • भेञ्चर क्यापीटल र इक्विटी फण्डको फाइल बल्ल बोर्डमा, ६ कम्पनी परे सिफारिसमा

भेञ्चर क्यापीटल र इक्विटी फण्डको फाइल बल्ल बोर्डमा, ६ कम्पनी परे सिफारिसमा

Apr 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, बैशाख ५

भेन्चर क्यापीटल फन्ड तथा इक्वीटी फन्ड सञ्चालनका लागि ९ वटा कम्पनीले दिएको आवेदन बल्ल बोर्डमा पुगेको छ । यि मध्ये ६ वटालाइ बोर्डले सञ्चालक समितिमा पठाएको छ भने दुईवटालाई कागजात पुराउन भनेको छ भने कृति क्यापिटलको आफ्नै आग्रहमा रोकेर राखेको छ ।

एनआइसि क्यापिटल, एनआइबिल एस, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेन्ट , ग्लोबल आइएमई र कृति क्यापिटल सँगै ग्लोबल इक्वीटी फन्डले बोर्डमा प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल सञ्चालनका लािग आवेदन दिएको दुई वर्षपछि बल्ल फाइल बोर्डमा पुगेको हो । ग्लोबल इक्वीटी फन्ड बाहेक अन्य सबै अहिले क्यापिटल मर्चेन्ट बैंक चलाएका संस्था हुन् ।

भेन्चर क्यापिटलले नयाँ खालको योजनामा लगानी गर्छ भने प्राइभेट इक्वीटीले आफ्नो कोष मार्फत सञ्चालनमा रहेको तर रकमको अभावमा आर्थिक संकटमा पर्न लागेको कम्पनीमा ऋण तथा पुँजी लगानी गर्छ ।

३० प्रतिशत स्वपुँजी जुटाएपछि मात्रै नेपालमा बैंकले ऋण दिन्छ त्यो बाहेक नयाँ सोच हुँदैमा ऋण उपलब्ध हुँदैन । सरकारले यस्ता नयाँ सोचका लागि लगानी गर्ने ५० करोड रकम बजेटमै छुट्टाएपनि त्यस्तो योजना दुई वर्षदेखि कागजमै छ ।

यति मात्रै होइन, निजी क्षेत्रबाट यस्ता योजनामा लगानी गर्ने गरि स्थापना हुन लागेका कोेषहरुलाई समेत सरकारले बाटो बन्द गरेर राखेको छ । भेन्चर क्यापिटल तथा प्राइभेट इक्वीटी सञ्चालनका लागि ९ वटा कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको दुई वर्ष बित्यो । गत वर्ष यसअघिका अध्यक्ष रेवत बहादुर कार्किले नयाँ खालको काम भएकाले विवादमा आइने हो कि भनेर काम अघि बढाएनन् ।

यसपछि आएका अध्यक्ष भिष्मराज ढुंगानाले काम सुरु गर्दा कोभिड महामारी सुरु भयो ।
त्यसपछि उनले महामारीकै बिचमा बजार कसरी सञ्चालन गर्ने भनेर मूख्य प्राथमिकतामा रोखर र यसलाई काम प्राथमिकता दिए । जसका कारण पनि यो फाइल लामो समयसम्म अघि बढ्न सकेको थिएन ।

सरकारले यस्ता कम्पनीको स्थापनाको लागि बिशिष्टकृत लगानी कोष नियमावली गत साउनमा संसोधन त गरेको छ तर अझैपनि यो कानुनले यस्ता कोष स्थापनाका लागि केहि व्यवधान भने राखिनै रहेको छ । दुई वर्षसम्म अझ अनुमति नदिदा यता निवेदकहरु भने निराश भएको बताउँछन् ।