neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखलाई ७ अंकको अग्रता

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखलाई ७ अंकको अग्रता

Apr 18th, 2021

आधारभूमि संवाददाता

ललितपुर, बैशाख ५

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले वुल्फ्सबर्गलाई ३-२ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन जमाल मुसियालाले दुई गोल र एरिक मैक्सिमले एक गोल गरे । वुल्फ्सबर्गका वोउट वेगहोर्स्ट र म्याक्सिमिलियन फिलिपले एक-एक गोल गरे ।

खेलको १५ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। एरिक मैक्सिमले २४ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३५ औं मिनेटमा वुल्फ्सबर्गका वोउट वेगहोर्स्टले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।३७ औं मिनेटमा बायर्नका जमाल मुसियालाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

दोस्रो हाफको खेलको ५४ औं मिनेटमा वुल्फ्सबर्गका म्याक्सिमिलियन फिलिपले गोल गर्दै ३-२ को स्थितिमा ल्याए ।त्यसपछि कुनै गोल हुन सकेन र बायर्न म्युनिखले जित निकालेको हो ।

जितसंगै बायर्नले २९ खेलबाट ६८ अंक जोडेको छ र शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । पराजित वुल्फ्सबर्गको २९ खेलबाट ५४ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi