neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रथम महालक्ष्मी मेयर कप राष्ट्रिय जुनियर (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१ सप्पन्न

प्रथम महालक्ष्मी मेयर कप राष्ट्रिय जुनियर (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१ सप्पन्न

Apr 17th, 2021

ललितपुर, बैशाख ४

चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको आयोजना र महालक्ष्मी नगरपालिकाको प्रायोजनमा प्रथम महालक्ष्मी मेयर कप राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१ सप्पन्न भएकोछ ।

उक्त  प्रतियोगिताको प्रमुख अतिथिमा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख रामेश्वर श्रेष्ठआतिथ्यता ग्रहण गर्नु भएको थियो । विशेष अतिथीमा महालक्ष्मी नगरपालिकाका उप-नगर प्रमुख निर्मला थापा,महालक्ष्मी नगरपालिकाका प्रशासकीय प्रमुख पुरुस्तोम सापकोट त्यस्तै अतिथीमा महालक्ष्मी नगरपालिकाका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी पौडेल, महालक्ष्मी नगरपालिका
वडा नं. ७ का अध्यक्ष नकुल थापा ,रा.खे.पाका पदाधिकारीहरु, युवा समाज सेवि पाल्साङ्ग मोक्तान लामा , महालक्ष्मी नगरपालिका का जनप्रतिनिधिहरु , विभिन्न संघ सस्थाका पदाधीकारी र समाज सेबिहरुको आतिथ्य मा आसन ग्राहण गरेका थिए भने कार्यक्रम संचालन दिप श्रेष्ठले गरेका थिए भने । उद्घाटन र समापन महालक्ष्मी नगरपालिका नगरप्रमुख रामेश्वर श्रेष्ठ ज्यु बाट भएको थियो ।

प्रतियोगितामा विभिन्न प्रदेशबाट गरि ३०० भन्दा बढी खेलाडी ,कोच, अफिसियलहरुको सहभागिता भएको थियो भने प्रतियोगितामा सभापतिको आतिथ्य चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दोका अध्यक्ष बिकास के.सीले गर्नु भएको थियो ।

प्रतियोगितामा महिला तर्फको विभन्न विधाका विजेताहरू यस प्रकार रहेः

१५-२० के.जी विधामा ( सुरक्षा लामा प्रथम, सजनी खड्का दोस्रो र महिमा बस्नेत तेस्रो

२०-२५ के.जी विधामा ( सुप्रिना लामा प्रथम, रिया श्रेष्ठ दोस्रो र अनामिका लिम्बु र दिक्षा तिवारी तेस्रो

२५-३० के.जी विधामा ( जेजिना थापा प्रथम, प्रकृती मगर दोस्रो)

३०(३५ के।जी विधामा ( राधिका कार्की प्रथम, सुजिना तामाङ्ग र सिद्धिका कुँवर दोस्रो र स्वीकृती गिरी तेस्रो)

३५-४० के.जी विधामा ( अन्सिष कार्की प्रथम, रोलिना तामाङ्ग दोस्रो र एन्जल श्रेष्ठ र अरुणा निरौला तेस्रो)

४०-४५ के.जी विधामा ( मनिषा तामाङ्ग प्रथम, सिमा थापा दोस्रो र शर्मिला पौडेल तेस्रो)

४५-५० के.जी विधामा ( करुणा गौतम प्रथम, आयुषना घिमिरे दोस्रो, आस्था के।सी र एलिजा राउत तेस्रो)

त्यस्तै पुरुष तर्फका विभिन्न विधाका विजेताहरू यस प्रकार रहेः

१५-२० मा ( सुजन पुन मगर प्रथम, आरुष कार्की दोस्रो, सहिल रसाईली र बिनित मगर तेस्रो)

२०-२५ मा ( रिजन भारती प्रथम, सदिक राज थापा दोस्रो, पासाङ्ग तामाङ्ग र युगल मल्ल तेस्रो)

२५-३० मा ( प्रसन्न बि.क. प्रथम, मन्जिल मग्राती दोस्रो, निस्चल मल्ल र राजेश तामङ्ग तेस्रो)

३०-३५ मा ( दिपजल ठकुरी प्रथम, निरन तामाङ्ग दोस्रो, सुरज चालिसे र प्रबिन तामाङ्ग तेस्रो)

३५-४० मा ( अनुश राई प्रथम, राम चन्द्र बोलाखे दोस्रो, प्रबिन के.सी र आयुश बिष्ट तेस्रो)

४०-४५ मा ( मिलन लामा प्रथम, बिसुब जङ्ग कुँवर दोस्रो, निस्चल तामाङ्ग र बिबेक अधिकारी तेस्रो)

४५-५० मा ( समीर थापा प्रथम, निमा घिसिङ्ग दोस्रो, क्षितिज तामाङ्ग र अर्पण कार्की तेस्रो)

विभिन्न विधाका विजेताहरूलाई वडा नं १, २, ४ र ७ का वडा अध्यक्षहरूसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगितामा महिला उत्कृष्ट खेलाडी मनिशा तामाङ्ग र पुरुष उत्कृष्ट खेलाडी समीर थापा भएका थिए भने, टिम च्याम्पियनको उपाधी बागमती प्रदेशले हासिल गर्यो भने गण्डकी प्रदेश टिम दोस्रो हुन सफल भयो । उत्कृष्ट खेलाडी र टिम च्याम्पियन र टिम दोस्रोहरूलाई नगर प्रमुखज्यूसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । उत्कृष्ट खेलाडीहरू र टिम दोस्रोलाई ट्रफीसहित नगद रू पाँच हजार र टिम च्याम्पियनलाई ट्रफीसहित नगर रू दस हजार प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उपस्थित अतिथि, कोच, रेफ्री र स्वयंसेवकहरूलाई मायाको चिनोहरू प्रदान गरिएको थियो ।

पुरस्कार वितरण पछि सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले विजेता खेलाडीहरूलाई बधाई दिनु हुँदै आगामी दिनहरूमा थप सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो भने सहभागी खेलाडीहरूलाई सहभागिता आफैमा एक प्रकारको जीत हो, खेलमा हुने हारजीतलाई सामान्य रुपमा लिई आगामी दिनमा थप उत्साह र लगनका साथ खेलमा निरन्तरता दिन हौसला प्रदान गर्नु भयो । साथै, उहाँले महालक्ष्मी नगरपालिकाले आगामी दिनमा पनि खेलाडीहरूलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले खेलाडीहरूको सफलताका पछाडी उनीहरूको अत्मविश्वास, लगनशीलता, खेलप्रतिको साधना, निरन्तर अभ्यासका साथै उनीहरूको कोच, ट्रेनर, परिवार र साथीहरूको पनि उतीकै भूमिका रहने हुँदा नगरप्रमुखज्यूले उहाँहरूलाई पनि बधाई तथा शुभकामना दिनु भयो । विजेता खेलाडीहरूले आगामी दिनमा कुनै किसिमको अहम राख्न नहुने र सधै अनुशासित रहि खेलमा सिकेका कुस्तिको कलालाई खेलामा मात्रै सिमित राख्न आग्रहसमेत गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi