कर्णाली, ३ वैशाख /रासस
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल हुनु भएको छ ।
उहाँले प्रदेशसभाको साताँै अधिवेशनको पहिलो बैठकमा आज विश्वासको मत लिनुभएको हो । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो ।
प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपाएमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उहाँको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिनुभयो ।
कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।