neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा

Apr 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, बैशाख ३

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युनाईटेडले ग्रानडालाई २-० गोलले पराजित गर्दै समग्रमा ४-० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा पनि युनाईटेडले ग्रानडालाई २-० गोलले पराजित गरेको थियो ।

बुधबार राति भएको दोस्रो लेगमा युनाईटेडलाई जित दिलाउन एडिनसन कावानीले एक गोल गरे । युनाईटेडले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको छैटौं मिनेटमा युनाईटेडका एडिनसन कावानीले पाउल पोग्बाको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ग्रानडाका जेसको भालेजोले आत्मघाती गोल गरेपछि युनाईटेडले २-० जित निकालेको हो ।

जितसँगै युनाईटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युनाईटेडले अब सेमिफाइनलमा रोमासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi