neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

Apr 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, बैशाख २


म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सिटीले बोरुसिया डर्टमण्डलाई २-१ गोलले पराजित गर्दै समग्रमा ४-२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा पनि सिटीले डर्टमण्डलाई २-१ गोलले पराजित गरेको थियो ।सिटीलाई जित दिलाउन केविन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरेका थिए।

बुधबार राति भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेज र फिल फोडेनले एक-एक गोल गरे । डर्टमण्डका जुड बेलिंगहमले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता डर्टमण्डले लिएको थियो ।खेलको १५ औं मिनेटमा डर्टमण्डका जुड बेलिंगहमले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफको ५५ औं मिनेटमा सिटीका रियाद महरेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा फिल फोडेनलेले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi