आधारभूमि संवाददाता
काठमाडौं, बैशाख २
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियलले लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।तर, समग्रमा ३-१ को जित निकाल्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ गोलले पराजित गरेको थियो ।रियल मड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल र मार्को एसेन्सिओले एक गोल गरेका थिए।
जितसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब रियल मड्रिडले सेमिफाइनलमा चेल्सीसँग खेल्नेछ ।