neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

Apr 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, बैशाख १

पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा (पेरिस सेन्ट जर्मेन) पीएसजी बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।तर, समग्रमा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल र मार्क्विनहोसले एक गोल गरेका थिए।

मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे । एरिक म्याक्सिम चौपो मोटीङले खेलको ४० औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi