neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ब्रुमको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ब्रुमको सहज जित

Apr 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत ३१

वेस्ट ब्रुमले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।घरेलु मैदानमा सोमबार राति भएको खेलमा वेस्ट ब्रुमले साउथह्याम्पटनलाई ३-० गोलले पराजित गरेको हो ।

वेस्ट ब्रुमलाई जित दिलाउन म्याथ्युएस परेरा,म्याट फिलिप्स र क्यालम रोबिन्सनले एक-एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा म्याथ्युएस परेराले पेनाल्टीमा गोल गर्दै वेस्ट ब्रुमलाई सुरुवाती अग्रता दिलाएका थिए ।लगत्तै,३५औं मिनेटमा म्याट फिलिप्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ६९ औं मिनेटमा क्यालम रोबिन्सनले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसंगै वेस्ट ब्रुमले ३१ खेलबाट २४ अंक जोडेको छ र पुछारमा छ । पराजित साउथह्याम्पटनको ३१ खेलबाट ३६ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi