neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

साउथह्याम्पटन वेस्ट ब्रुमसँग पराजित

Apr 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत ३१

वेस्ट ब्रुमले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।घरेलु मैदानमा सोमबार राति भएको खेलमा वेस्ट ब्रुमले साउथह्याम्पटनलाई ३-० गोलले पराजित गरेको हो ।

वेस्ट ब्रुमलाई जित दिलाउन म्याथ्युएस परेरा,म्याट फिलिप्स र क्यालम रोबिन्सनले एक-एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा म्याथ्युएस परेराले पेनाल्टीमा गोल गर्दै वेस्ट ब्रुमलाई सुरुवाती अग्रता दिलाएका थिए ।लगत्तै,३५औं मिनेटमा म्याट फिलिप्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ६९ औं मिनेटमा क्यालम रोबिन्सनले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसंगै वेस्ट ब्रुमले ३१ खेलबाट २४ अंक जोडेको छ र पुछारमा छ । पराजित साउथह्याम्पटनको ३१ खेलबाट ३६ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi