काठमाडौ, चैत ३०
नेपालमाअहिले बिस्तारै धेरै इकमर्स कम्पनीहरु संचालना आउदैछन् तथा केहि आउने क्रममा छन् । यसले नेपालमा इकमर्सको व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरैजसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेकाछन् ।
अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाईएको तथा सामान समयमा डेलिभरी नभएको आदि आदि । यो समस्यालाइै चिर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजीनल सामानहरु मात्र विक्रि गर्ने गरी श्रृंगार डटकम नामक इकमर्स कम्पनी हालै मात्र नेपालमा शुरु भएको छ । श्रृंगार डटकमका व्यवस्थापक रवी दुवालका अनुसार, श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ । यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्रि गर्ने बिक्रेताहरुले आफ्ना सामानहरु बिक्रि गर्न सक्नेछन् । नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो ईकमर्श कम्पनी गत बर्षको बैशाखदेखि परिक्षण संचालन गरिरहेको छ र यो बैशाख देखि पुर्ण रुपमा संचालनमा आउदैछ ।