neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिको बेटिससँग बराबरीमा रोकियो

शीर्ष स्थानको एट्लेटिको बेटिससँग बराबरीमा रोकियो

Apr 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत ३०


स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा एट्लेटिकोले बेटिससँग १ – १ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा एट्लेटिको मड्रिडको लागि यानिक कारास्कोले एक गोल गरे भने रियल बेटिसको लागि क्रिस्टियन टेलोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एट्लेटिकोले लिएको थियो । खेलको पाँचौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए।तर, खेलको २० औं मिनेटमा रियल बेटिसका क्रिस्टियन टेलोले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै एट्लेटिकोले ३० खेलबाट ६७ अंक जोडेको छ र शीर्ष स्थानमा छ। रियल बेटिसको ३० खेलबाट ४७ अंक छ र छैठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi