काठमाडौ, चैत २९
क्रिएशन, कोका–कोला फाउन्डेशन र बोतलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना गरेको छ । राम्रो र स्वस्थ विश्वको उत्सवको विषयवस्तुलाई सुनिश्चित गर्दै सो कार्यव्रmम सफाईकर्मीका लागि काम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको थियो ।
कार्यव्रmममा कामको बखत र काम सकिए पछाडि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोग सम्बन्धि एक सत्र समावेश थियो । सुरक्षा गियर सहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाईकर्मीलाई हस्तान्तरण गरिएको थियो । साइटहरुमा आगो दुर्घटना र अन्य जोखिमहरुको जोखिमलाई ध्यानमा राख्दै, प्रत्येक साइटमा आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु पनि सुसज्जित थिए ।
डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्धाहरुको बारेमा मेडिकल चेकअप र परामर्श सामिल थियो । कार्यव्रmमको अन्य प्रमुख आकर्षणहरु मध्ये एक बेलिङ्ग साइटहरुका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको थियो । यो सम्झौता बेलरहरुलाई काम गर्ने बेला अवस्थामा औपचारिकरुपमा उनीहरुलाई मद्धत गर्न र कामदारहरुको फाइदाको लागि सहयोग पु¥याउन ल्याइएको हो ।
यस पहलको बारेमा बोल्दै क्रियशनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भने , “वेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको आजीविका लगायत हाम्रो वातावरण र समाजलाई जोखिममा पार्दछ । हामी उनीहरुलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरहरुको माध्यमबाट सहयोग पुराउदै आएका छौ र कोका–कोला फाउन्डेशनले गर्दै आएको सहयोगमा उनीहरुको लागि अझ राम्रो र स्वस्थजीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौँ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, “फोहोर र रिसाइकलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्दछन् । हामी यी अनसंग हिरोहरुको वीर प्रयासहरुलाई समर्थन गर्न विनम्र छौँ जसले आफ्नो स्वास्थ्य जोखिममा लिन्छन् र हाम्रो ग्रहलाई सफा बनाउन हरेक िदन खटिन्छन ।
उक्त कार्यव्रmमको पहुच संतुङगल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिंग साइटहरुको ६७ सफाईकर्मीहरु सम्म पुगेको थियो । एक जना सफाईकर्मीले भने, “हामी हाम्रो काममा आउने जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौँ तर बारम्बार सुरक्षा तालिम, मेडिकल चेक अपका साथ हामी यस्ता जोखिमहरुलाई रोक्न सक्षमछौँ र यसको लागि हामी आभारी छौँ ।